काठमाडौँ, भदौ ४ :

पशुपतिनाथ मन्दिर लगायत देशका विभिन्न नदि तथा देवालयहरुमा स्नान गरि भक्तजनहरु जनै फेर्दै जनैपूर्णिमा मनाइरहेका छन् ।

पशुपतिनाथ मन्दिरमा जनैपूर्णिमाका दिन सोमबार पूजाअर्चनाका लागि आएका भक्तजन । 

जनैपूर्णिमाका दिन सोमबार बिहान पवित्रस्थल देवघाटमा श्रावणी स्नान (गणस्नान) गर्दै पण्डित एवं पुरोहितहरु । गणस्नानमा सामूहिक रूपमा पुरोहितहरुद्वारा संकल्प एवं मन्त्रोच्चारण गर्दै पञ्चगव्य , भस्म, सप्तमृत्तिका, अपामार्ग आदिको लेप शरीरमा घस्ने गरिन्छ ।  स्नानपछि वैदिक रुद्राभिषेक पद्धतिद्वारा जनै र रक्षाबन्धन धागो मन्त्रने परम्परा रहेको छ ।