
काठमाडौँ, फागुन १४ :
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई नियुक्त गरेको हो ।
प्राधिकरणको अध्यक्ष नियुक्तिका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले ओझासहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।
प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका थिए । तीमध्ये तीन जनाको नाम मन्त्रिपरिषद्मा पुगेको थियो । प्राधिकरणको अध्यक्षको कार्यकाल चार वर्षको हुनेछ ।