काठमाडौँ, भदौ ५ :

परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा मङ्गलबार काठमाडौँको बसन्तपुरमा मानिसहरु गाईका रूपमा सिँगारिएर बजार परिक्रमा गर्दैछन् ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ- आफ्ना क्षेत्रमा परिक्रमा गराउने चलन रहेको छ ।

उनीहरूलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने गर्दछन् ।

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।