
काठमाण्डौं, साउन ११: लोकप्रिय गीत ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’का गायक तथा गीतकार लक्ष्मीप्रसाद एलपी जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ । बिहीवार झापाको दमकस्थित घरमा उनको निधन भएको हो ।
बेलुकाको खाना खाएपछि उनी अकस्मात बेहोस भएका थिए । अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको परिवारले जनाएको छ । उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए । २०१३ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराएका उनले २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जनकवि केशरी धर्मराज थापासँग काम गरेका थिए ।
‘रिटिङ रिटिङ‘ उनको सबैभन्दा हिट गीत हो । ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो’ गीतसमेत चर्चित छ ।