
काठमाडौं, फागुन १९ :
काठमाडौंको टोखामा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर गुड्डु पटेललाई पक्राउ गरेको हो ।
प्रहरीले ३ राउन्ड गोली चलाएर गुड्डुलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार गुड्डु भारतीय सार्पसुटर हुन् । गोली प्रहार गरी नियन्त्रणमा लिएपछि प्रहरीले उनलाई उपचारका लागि अस्पताल लगेको छ ।
उनी २ वर्षअघि गोठाटारमा मारिएका लालमोहम्मद प्रकरणका फरार आरोपी रहेको प्रहरीको दाबी छ ।
हत्यापछि फरार रहेका गुड्डु नेपाल आएको थाहा पाएपछि प्रहरीले पिछा गरेको थियो । प्रहरीले आफूमाथि पिछा गरेको थाहा पाएपछि गुड्डुले उल्टै आक्रमण गरेका थिए । पछि उनलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गर्नुपरेको थियो ।