शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका #राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका
समाचार

स्वयम्भूस्थित प्रतापपुर र अनन्तपुर मन्दिरको जीर्णोद्धार सम्पन्न

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २० फागुन, २०८१ मा प्रकाशित
स्वयम्भूस्थित प्रतापपुर र अनन्तपुर मन्दिरको जीर्णोद्धार सम्पन्न
काठमाडौं, फागुन २० :

स्वयम्भूको विश्व सम्पदा सूचीमा सूचीकृत प्रतापपुर र अनन्तपुर मन्दिरको जीर्णोद्धार हालै सम्पन्न भएको छ। स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले मन्दिरको जीर्णोद्धारको काम एक वर्षमा पूरा गरेको हो।

मन्दिरको संरचनामा भूकम्पका कारण आएको क्षति पछि यसका जीर्णोद्धारका लागि पुरातत्व विभागले पुरानै स्वरूपमा मर्मत गर्ने अनुमति दिएको थियो।

महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यका अनुसार, नयाँ प्रविधिको प्रयोग गरी मर्मतसम्भार र रंगरोगनको काम पनि सम्पन्न गरिएको छ।

यी मन्दिरहरूको ऐतिहासिक र पुरातात्विक महत्त्व छ, र ती राजा प्रताप मल्लले निर्माण गरेका थिए। प्रतापपुर मन्दिरलाई राजा प्रताप मल्लको नाममा राखिएको हो भने, अनन्तपुर मन्दिर रानी अनन्तप्रियाको सम्झनामा निर्माण गरिएको हो।

महासमितिले यसका साथै स्वयम्भू क्षेत्रको जङ्गल संरक्षणका लागि विरुवा रोप्न र पार्कको सजावटका काम पनि गरिरहेको छ। इञ्जिनियर राजेश सुवालका अनुसार, यो मन्दिरको जीर्णोद्धारमा करिब २० लाख रुपैयाँ खर्च भएको छ । महाचैत्य आसपासका अन्य सम्पदाहरूको मर्मतका लागि अध्ययन भइरहेको जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार