काठमाडौँ, फागुन २२ :

अमेरिकाले अवैधरुपमा बसोबास गरेका १० नेपालीलाई चार्टर विमानमार्फत बुधबार फर्काउँदै छ ।

आधिकारिक कागजात नभएका उनीहरु बुधबार बिहान काठमाडौं आइपुग्नेछन् ।

अमेरिकी वायुसेवा कम्पनीको ग्रिफोन एयरको सानो विमान आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ । 

बुधबार काठमाडौंमा आउने चार्टर विमान बिहीबार दिउँसो ३ बजे अल्बानिया हुँदै अमेरिका फर्कनेछ । उक्त विमान ६ जना यात्रु लिएर अमेरिका फर्कने अध्यागमनका एक अधिकारीले बताए । माघ ७ मा ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता नियमित अन्तर्राष्ट्रिय उडानबाट कागजातविहीन नेपाली आउनेक्रम जारी छ ।

यसअघि पनि ट्रम्पको कार्यकारी आदेशपछि २७ नेपालीलाई अमेरिकाबाट निकाला गरिसकेको छ।

अमेरिकाले त्यहाँ अवैध रुपमा बसोबास गरेका ठुलो संख्याका भारतीय नागरिकलाई पनि केही हप्ताअघि चार्टर विमान मार्फत सम्बन्धित प्रदेशमा पुर्याएको थियो । डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकाले अवैध आप्रवासी निष्कासनलाई तीव्रता दिएको छ ।