मेष : नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । अधुरा काम फत्ते हुनेछन् ।
वृष : आफ्नै दक्षताले रोकिएका काम सम्पन्न हुनेछन् । वैदेशिक यात्रा अघि बढ्नेछ ।
मिथुन : अभिभावकले सल्लाह दिँदा नयाँ काम गर्ने जाँगर चल्नेछ । यात्रामा भने सावधानी अपनाउनु पर्नेछ ।
कर्कट : आस मारिसकेको काम बन्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।
सिंह : सामाजिक र कूटनीतिक क्षेत्रमा सफलता मिल्नेछ। कतै घुम्न जाने योजना बन्न सक्छ ।
कन्या : मन शान्त रहनेछ । टाढा रहेका साथीभाइहरूसँग अकस्मात् भेटघाट हुनेछ ।
तुला : बहुप्रतीक्षित काममा सफलता हात पर्नेछ । विश्वासपात्रसँग कुरा खोल्दा एकपटक सोच्नुहोला ।
वृश्चिक : रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइनेछ । स्वादिष्ट भोजनको अवसर मिल्ला ।
धनु : धर्मकर्म र समाजसेवामा मन लाग्नेछ । धैर्य एवं लगनशीलताले अवसर प्राप्त हुनेछ ।
मकर : सहकार्यमा गरेको व्यापार व्यवसायबाट लाभ मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ ।
कुम्भ : अर्काको सल्लाह मान्दा झन्झटिलो काममा संलग्न हुनुपर्ला । दिउँसोपख रमणीय यात्राको योग छ ।
मीन : परोपकारजन्य कार्यमा सहभागी भइनेछ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने
थप समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
राजनीतिक चप्पल बाहिरै खोलेर निष्पक्ष रूपमा न्याय दिनुपर्छ : प्रस्तावित न्यायधीश पाण्डे