स्याङ्जा, फागुन २३ :

नाबालिका बलात्कारको अभियोगमा एकीकृत समाजवादीका स्याङ्जा अध्यक्ष पक्राउ परेका छन् । गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरीलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको हो।

कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई फागुन २ गते जबरजस्ती करणी मुद्दामा प्रहरीले घरबाटै पक्राउ गरेको हो ।

फागुन २ गते जबरजस्ती करणी मुद्दामा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई कास्की जिल्ला अदालतले पक्राउको अनुमति दिएपछि घरबाटै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

गरिबीको फाइदा उठाउँदै आफूमाथि पटकपटक बलात्कार भएको नाबालिकाले खुलाएपछि घटना बाहिरिएको थियो ।  १४ वर्षीय बालिका रुन थालेपछि उनलाई अलग्गै राखेर सोधपुछ गरिएको थियो । जबर्जस्ती करणीको अभियोगमा कास्की प्रहरीले बुधबार ६ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।