
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ डिएमगेटमा बोलेरो गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु भएको छ।
त्रियुगा गाईघाट डिएमगेटबाट बसपार्क जाने भित्री सडकमा गाईघाटस्थित हिमशिखर फर्निचरको प्र. नं. १०५ ००१ च ००९१ नम्बरको बोलेरो गाडीले बिहीबार साँझ बाटो काट्ने क्रममा अनियन्त्रित भएर घरको पेटीमा बसीरहेका दुई दिदीबहिनिलाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
सप्तरी जिल्ला राजविराज घर भएर त्रिनपा १२ स्थित राजेन्द्र मैनालीको घरमा डेरा गरी बस्दै आएका ललन दासका १२ र १४ वर्षीया छोरी देवीकुमारी र अनुकुमारी दासलाई बोलेरोले ठक्कर दिँदा मुत्यु भएको जिल्ला प्रहरी कार्याल उदयपुरले जनाएको छ
सवारी चालक त्रियुगा नगरपालिका वडा नं ९ गैरुन बस्ने १८ वर्षीय निर्जल कटुवाललाई गाडीसहित प्रहरीले नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ।