
काठमाडौं, फागुन २५ :
नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी, तराई-मधेस जागरण अभियान’ स्थगित गरेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेतृत्व टोली अनियानअन्तर्गत शनिबार रौतहटमा आयोजित कार्यक्रममा सहभागी छन् ।
रौतहटबाट माओवादी शीर्ष नेताहरुलगायतको टोली आजै काठमाडौं फर्कने र भोलि (आइतबार) पार्टीको पदाधिकारी बैठक बस्ने तयारी रहेको माओवादी महासचिव देव गुरुङले जानकारी दिए ।
माओवादीले फागुन १२ गतेबाट तराई-मधेसकेन्द्रित अभियान चलाइरहेको छ ।