शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २७ फागुन, २०८१ मा प्रकाशित
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
धनगढी , फागुन २७ :

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक बालक घाइते भएका छन् ।

दुर्घटनामा ट्याक्टर चालक बुढीगंगा नगरपालिका- ४ खोलालवाडा बस्ने ३२ वर्षीय पदम रावतको मृत्यु भएको हो ।

आइतबार राति खप्तड छेडेदह गाउँपालिका- ५ को चिराल्नामा कच्ची सडक खण्डमा डोगडीबाट बुढिगंगातर्फ आउँदै गरेको भे२त १५८८ नम्बरको ट्याक्टर ओरालो सडकमा अचानक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरमा सवार मृतक चालकका १२ वर्षीय छोरा शमशेर रावत घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार