काठमाडौं, फागुन ३० :

काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा आज रङहरुको पर्व फागुपूर्णिमा (होली) को उत्सव सुरु भएको छ ।  

विश्व सम्पदा सूचीमा सूचीकृत दरबार क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक रङ  खेलेर रमाउँदै छन् । 

वसन्तपुरमा प्रत्येक वर्ष सामूहिक रूपमा होली खेल्ने गरिन्छ । यतिबेला वसन्तपुर क्षेत्रमा पुगेका स्वदेशी तथा विदेशीहरू एकापसमा रङ, अबिर दलेर रमाइलोसँगै नाचगान गरिरहेका छन् । यो क्रम आज बेलुकासम्मै रहने गर्दछ ।

होलीको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहले चीनबाट आएका फोटोग्राफरको टोलीलाई स्वागत गर्दै बसन्तपुर डबलीमा सामूहिक तस्बिरसमेत खिचाएका छन् ।