
होली पर्वका अवसरमा बिहीबार काठमाडौंको वसन्तपुरमा होली खेलेर मनोरञ्जन लिँदै चिनियाँ पर्यटक । तस्बिरहरु : प्रदीपराज वन्त/रासस
काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा रङहरुको पर्व फागुपूर्णिमा (होली) हर्सोल्लासका साथ मनाइँदै छ । वसन्तपुर क्षेत्रमा होली खेल्न उपस्थित भएका विदेशीहरुले उत्साहका साथ अबिर-रङ एकआपसमा दलेर मनाइरहेका छन् ।
विश्व सम्पदा सूचीमा सूचीकृत दरबार क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक रङको उमंगमा छन् । उनीहरुले ‘स्माइल प्लिज’ भन्दै तस्बिरहरु पनि खिचिरहेको देख्न सकिन्छ ।
वसन्तपुरमा प्रत्येक वर्ष सामूहिक रूपमा होली खेल्ने गरिन्छ । यतिबेला वसन्तपुर क्षेत्रमा पुगेका स्वदेशी तथा विदेशीहरू एकापसमा रङ, अबिर दलेर रमाइलोसँगै नाचगान गरिरहेका छन् । यो क्रम आज बेलुकासम्मै रहने गर्दछ ।
होलीको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहले चीनबाट आएका फोटोग्राफरको टोलीलाई स्वागत गर्दै वसन्तपुर डबलीमा सामूहिक तस्बिरसमेत खिचाएका छन् ।
हेरौं होली पर्वका अवसरमा वसन्तपुरमा होली खेलेर मनोरञ्जन लिँदै विदेशी-स्वदेशी पर्यटकका थप तस्बिर :
यो पनि…
अनुशासित भएर मनाइँदै होली : छ्यापिँदैन जबरजस्ती रङ र पानी
होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछ : राष्ट्रपति पौडेल
होलीले समाजमा एकता र शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ : उपराष्ट्रपति यादव
मध्यमा परिक्रमाले होलीमय मिथिला क्षेत्र
होलीलाई मध्यनजर गर्दै उपत्यकामा सवारी जाँचमा कडाइ
कुन देशमा कसरी मनाइन्छ फागु