काठमाडौँ, चैत ३ :

प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे बस्ने बैठकका लागि तीनवटा सम्भावित कार्यसूची तय भएको छ । 

आज बस्ने बैठकमा शून्य र विशेष समय पनि चल्नेछ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यसैगरी उनले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने जनाइएको छ ।