
काठमाडौं, चैत ३ :
प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरसँगै ९ प्रहरी अधिकारीहरू भोलि (सोमबार) बाट अनिवार्य अवकाशमा जाँदै छन् । ३० वर्षे सेवा अवधिका कारण आईजीपी कुँवरसँगै ९ प्रहरी अधिकारी भोलिबाट अवकाशमा जान लागेका हुन् ।
कुँवरसँगै अवकाशमा हुन लागेका ९ प्रहरी अधिकारीहरुमा एआईजी टेकप्रसाद राई, बुद्धिराज गुरुङ, कुवेर कडायत, दुर्गा सिंह र जनकराज भट्टराई छन् ।
त्यस्तै प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश चन्द, भोला रावल र ध्रुवराज राउत पनि भोलिबाट अनिवार्य अवकाशमा जाँदै छन् ।
उनीहरू ५ चैत २०५१ मा प्रहरी सेवामा प्रवेश गरेका हुन् । उमेर हदका ठुलो संख्या एआईजी, डीआईजीहरू अवकाशमा गएका थिए । अब आईजीपीको प्रतिस्पर्धामा एआईजी दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ छन् ।