
काठमाण्डौं,साउन १२: सुपरस्टार सेलिन डियोन लामो समय पछि पुन स्टेजमा फर्किएकी छिन् । गम्भीर स्वास्थ्य समस्याबाट पिडित डियोन पेरिस ओलम्पिक उद्घाटन समारोहमा विशिष्ट प्रदर्शन प्रस्तुत गर्दै पहिलो पटक स्टेजमा फर्किएकी हुन् ।
क्यानाडाली सुपरस्टार लेडी गागासँग युगल गीत गाउने भनिएपनि एफिल टावरमा एक्लै चार घण्टाको कार्यक्रमलाई उत्तेजित चरमोत्कर्षमा पुर्याईन् ।
उनी स्टिफ पर्सन सिन्ड्रोम (एसपीएस) बाट पिडित हुनुहन्थ्यो । SPS एक दुर्लभ न्यूरोलोजिकल समस्या हो जसले मांसपेशिहरु कमजोर गराउँछ । यसले उनको आवाजलाई पनि असर गर्यो।
“पावर ब्यालेड्सको रानी" भनेर चिनिने ५६ वर्षीया डियोनले आफ्नो आवाजलाई "पुनर्निर्माण" गर्न थेरापी गरिरहेकी छिन् । उनले एफिल टावरको पहिलो तहमा विशाल ओलम्पिक रिंगहरू मुनि एक पियानोवादकसँग प्रसतुती दिईन । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले डियोनको बिषयमा प्रतिक्रिया दिदै उनी "क्यानाडाली आइकन, एक अविश्वसनीय प्रतिभा भएको बताए । सेलिनले फेरि गीत गाएकोदेख्दा खुशी लागेको बताएका छन् ।