तनहुँ, चैत ४ :
ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार ओमबहादुर बिक मृतावस्थामा फेला परेका छन् ।
रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय बिक आज बिहान चौकी नजिकैको बेलौतीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
उनी लामो समयदेखि मानसिक रूपमा बिरामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । उनले थप अनुसन्धान भइरहेको बताए ।