शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
स्वास्थ्य

जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिसको परीक्षण सफल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ७ चैत, २०८१ मा प्रकाशित
जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिसको परीक्षण सफल
डुम्रे , चैत ७ :

तनहुँको शुक्लागण्डकी नगरपालिका- ५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा मिर्गौलाका बिरामीको उपचारका लागि डायलासिसको परीक्षण सफल भएको छ । 

केन्द्रमा सञ्चालनमा ल्याउन लागिएको डायलासिस सेन्टरमा बुधबार एक बिरामीको डायलासिस परीक्षण गरिएको हो । डायलासिसको उपचार सेवा सञ्चालन गर्न स्वीकृति लिन गरिएको परीक्षण सफल भएको उपचार केन्द्रका कार्यकारी प्रमुख डा रामकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार डायलासिस सेन्टरमा एक बिरामीको डायलासिस सफल भएको हो ।

स्वास्थ्य विभागबाट डायलासिस सेन्टर सञ्चालनको स्वीकृति लिनका लागि गरिएको परीक्षण सफल भएको उनले बताए । विभागबाट अनुगमन तथा निरीक्षणपछि नियमित सञ्चालनका लागि स्वीकृति पाउने र स्वीकृति पाउन केही समय लाग्ने उनले जानकारी दिए ।

सेन्टरमा डायलासिस सेवा प्रवाहका लागि सातवटा उपकरण जडान गरिएको छ ।
   
डायलासिस सेन्टर सञ्चालनका लागि लायन्स क्लब अफ खैरेनीटार, म्याग्दे र लायन्स क्लब अफ शुक्लागण्डकी सिस्टर्सलगायत संस्थाले सहयोग गरिरहेका छन् । 

डायलासिस सेन्टर स्थापना भएपछि तनहुँका साथै स्याङ्जा, कास्की, लमजुङ, नवलपुरलगायत जिल्लाका बिरामीले डायलासिस सेवा लिन सहज हुने लायन्स डायलासिस सेन्टर प्रोजेक्टका संयोजक सुजित हिराचनले बताए ।   

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार