
सरकारले नेपालविद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरेसँगै सरकार विरोधी गतिविधि सुरु भएको छ। कुलमानका समर्थकहरूले काठमाडौंका विभिन्न क्षेत्रमा प्रदर्शन गरिरहेका छन्।
घिसिङलाई बर्खास्त गरेको विरोधमा विपक्षी दलका युवा विद्यार्थी बिहानैदेखि प्रदर्शन गरेका छन् । स्वतन्त्र युवाहरूले दिउँसो काठमाडौंको माइतीघर मण्डलामा मंगलबार प्रदर्शन गरेका हुन् ।
सत्तारुढ दलकै केही नेता तथा युवाहरु पनि विरोधमा मिसिएका छन् । प्रदर्शनकारीले लोडसेडिङ चाहिँदैन, कुलमानलाई हटाउन पाइँदैन, कुलमान जिन्दाबाद लेखेको ब्यानरसहित प्रदर्शन गरेका छन्।
नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले सडकमा निषेधित क्षेत्र लेखेको पोस्टरसहित सडकमा बार लगाएका छन्। हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।