शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक #पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक
राजनीति

बालेनले पूर्वराजालाई जरिवाना पत्र काटेर गल्ती गरे : कमल थापा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १६ चैत, २०८१ मा प्रकाशित
बालेनले पूर्वराजालाई जरिवाना पत्र काटेर गल्ती गरे : कमल थापा
फाइल फोटो ।
काठमाडाैं, चैत १६ :

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय हाँस्यास्पद भएको टिप्पणी गरेका छन् ।

मेयर बालेन साहले पूर्वराजालाई जरिवाना पत्र काटेर गल्ती गरेको भन्दै जरिवाना  पत्रको भाषा पनि अशिष्ट र अमर्यादित भएको उल्लेख गर्दै आपत्ति जनाए । उक्त पत्र फिर्ता लिनु बुद्धिमानी हुने उनको सुझाव छ।

संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले जिल्ला प्रशासनसँग स्वीकृति लिएर कार्यक्रम गरेको रेकर्ड हेर्न महानगरपालिकालाई थापाले आग्रह गरे।

राजसंस्था पक्षधरको प्रदर्शनका क्रममा तीनकुनेलगायतका क्षेत्रमा बोटबिरूवा भाँचेको, दमकललगायतमा क्षति पुर्‍याएको भन्दै विभिन्न शीर्षकमा महानगरले ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेर पूर्वराजालाई पत्र काटेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार