सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा उठाइएका विविध प्रश्नहरूका विषयमा छलफल भएको छ ।
प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासहित न्यायाधीशहरूको सो बैठकमा आज ती समसामयिक विषयमा छलफल भएको सर्वोच्च अदालतका प्रवक्ता अशोकुमार क्षेत्रीले जानकारी दिए।
प्रधानन्यायाधीश डा शर्मा, न्यायाधीशहरू हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलले आफूहरूसँग जोडिएर विभिन्न सञ्चार माध्यमा प्रकाशित भएका विषय भ्रामक भएको उल्लेख गर्दै प्रेस विज्ञप्ति जारी गरेका थिए ।
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले न्यायालय नेतृत्वमाथि प्रश्न उठेपछि त्यसको निष्पक्ष छानबिन गर्नु पर्ने र दोषी देखिएमा कारबाही गर्नुपर्ने माग राखेको छ ।
हाल प्रहरी हिरासतमा रहेका विवादित व्यक्ति इनम सापकोटासँग प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश हरि फुयाँलको नाम जोडिएर समाचारहरु सार्वजनिक भएपछि पूर्ण बैठक बसेको हो ।
सम्बन्धित समाचार
बार एसोसिएसनले भन्यो- न्यायपालिकाको नेतृत्व र न्यायाधीशको आचरणमाथि प्रश्न उठेको विषयमा छानबिन होस्
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
विपद् प्रतिकार्यमा छोटो ‘चेन अफ कमाण्ड’ हुनुपर्छ : प्रधानसेनापति सिग्देल
जनता र पार्टीलाई जोड्न मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गर्छौं : सभापति थापा
बार एसोसिएसनले भन्यो- न्यायपालिकाको नेतृत्व र न्यायाधीशको आचरणमाथि प्रश्न उठेको विषयमा छानबिन होस्