सोलुखुम्बु, कात्तिक १३ :
सोलुखुम्बुको दिङबुचेस्थित एक होटलमा शुक्रबार बिहान आगलागी भएको छ। खुम्बु पासाङल्हामु गाउँपालिकास्थित दिङबुचेस्थित गुड लक होटलमा आगलागी भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको छ। आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। आगलागी भएको होटल आसपासका अन्य होटलबाट समेत सामान र मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।