कात्तिक १३ :
बंगालको खाडीबाट विकास भएको चक्रवात‘अर्नब’को प्रभावका कारण देशका विभिन्न भागमा अहिले हल्का वर्षा भइरहेको छ । उच्च पहाडी तथा हिमाली भागमा भने बाक्लो हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यतिबेलासम्म कर्णाली प्रदेश बाहेक अन्य प्रदेशका विभिन्न जिल्लाहरूमा हल्का पानी परिरहेको छ। शुक्रबार रातिदेखिको निरन्तरको वर्षाले निकै चिसो बढाएको छ । यो भन्दो केही मात्रामा चिसो बढ्यो भने काठमाडौं आसपासका अग्ला डाँडाहरुमा पनि हिउँ पर्नेछ ।
भोलि अबेरसम्म पनि मौसम यस्तै रहने जनाइएको छ ।सर्वसाधारणलाई अनावश्यक रुपमा लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।