बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

जनता र पार्टीलाई जोड्न मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गर्छौं : सभापति थापा

समुदायसँग प्रत्यक्ष जोडिने रचनात्मक कार्यक्रमहरूमा मात्र सहभागी हुन निर्देशन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ५६ मिनेट अगाडि प्रकाशित
जनता र पार्टीलाई जोड्न मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गर्छौं : सभापति थापा
ललितपुर, कात्तिक १२ :

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनता र पार्टीलाई जोड्नका लागि मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गरिने बताएका छन् ।

नयाँ कार्यसमिति सदस्यहरुको सपथ ग्रहणपछि पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा सभापति थापाले ‘हामी तयार छौँ’ भन्ने सन्देशसहित मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गरिने बताएका हुन् । उनले छिट्टै पार्टीको पूर्ण बैठक बसेर रीतपूर्वक सबैको धारणा सुन्ने र त्यसका आधारमा ४ वर्षको क्यालेन्डर बनाएर अनुशासित रूपमा काम अगाडि बढाइने उल्लेख गरे ।

प्रतिपक्षको मुख्य जिम्मेवारी सरकारमाथिको निगरानी गर्नु भएकाले कानुनको शासन उल्लंघनविरुद्ध कांग्रेसले सशक्त रूपमा उभिएर यो भूमिका निर्वाह गर्ने उनले बताए । 

त्यस्तै उनले तिहार र छठलगत्तै लिडरसिप एकेडेमी , इलेक्सन ब्युरो र गभर्नन्स इन्स्टिच्युटले काम सुरु गर्ने जानकारी दिए । नेता/कार्यकर्ताको रुचिअनुसार कार्य विभाजन गरिने र सह–महामन्त्रीहरूलाई स्पष्ट कार्ययोजनाका साथ आवश्यक जिम्मेवारी तोकिने उनले जानकारी दिए ।

उनले हलभित्र सोफामा बसेर ताली बजाउने परम्परागत शुभकामना आदानप्रदान कार्यक्रमहरू अब नगर्ने घोषणा गरे । सरसफाइ, विपन्नलाई सहयोग वा अन्य समुदायसँग प्रत्यक्ष जोडिने रचनात्मक कार्यक्रमहरू आयोजना गरिएमा मात्र सहभागी हुन उनले निर्देशन दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार