नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार पार्टी कार्यालय सानेपामा पार्टी सभापति गगनकुमार थापाले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ गराएका हुन् । नवनिर्वाचित पार्टी सभापति थापाले भने दसैँको फूलपातीका दिन असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् । शपथ ग्रहणपछि नवनिर्वाचित पदाधिकारी तथा सदस्य प्रमाणपत्र वितरण गरिएको छ ।
सभापति थापाले निर्वाचित सदस्यहरुलाई अब स्थानीय निकायको निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका छन् । महाधिवेशनकै क्रममा प्रतिनिधिहरुलाई फर्केर मत नदिनेहरुको घरघरमा गएर अब हामी सच्चियौं भनेर विश्वास दिलाएर मत माग्न निर्देशन दिएका थिए ।
गत असोज १८ गतेदेखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते सार्वजनिक गरिएको थियो । महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित हुनुभएको थियो भने वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित हुनुभएको थियो । त्यस्तै महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला (पन्त) निर्वाचित भएका थिए । संशोधित विधान अनुसार यसपटक कांग्रेसको जम्बो पदाधिकारी टिम भएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम र खर्चको विवरण सार्वजनिक गर्न माग
कोप–३१ मा नेपालको प्रस्तुति न्याय, अवसर र समृद्धिको स्पष्ट मार्गचित्रसहितको हुनुपर्छ : पराजुली
प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच भेट : प्रहरी प्रमुख हटाउनेदेखि जबरा प्रकरणसम्म छलफल