काठमाडौं, कात्तिक १२ :
वर्षा हुन थालेसँगै अहिले त्रिवि क्रिकेट मैदानको पिचलाई त्रिपालले छोपिएको छ । काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्सबीच भएको खेल सकिएगत्तै वर्षा हुन थालेको छ ।
आजै साँझ विराटनगर किंग्स र कर्णाली याक्सबीच अर्को खेल हुने कार्यतालिका छ । तर, छिटपुट वर्षाका कारण खेल हुने हो कि नहुने भन्ने अन्योल छ । आज बिहानैदेखि मौसम बदली भएर धुमिल भएकाले दिउँसै फ्लडलाइट बालेर पहिलो खेल खेलाइएको थियो ।