काठमाडौं, कात्तिक १२ :
जनकपुर बोल्ट्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा जित दर्ता गरेको छ । काठमाण्डुलाई ८ विकेटले पराजित गर्दै जनकपुरले शानदार जितको सुरुवात गरेको छ । काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
जनकपुरका लागि ओपनिङ ब्याटर मोइन अलीले अर्धशतक पूरा गरे । मोइनले सैफ हसनसँग ७९ रनको अविजित साझेदारी गर्दै जनकपुरलाई जित दिलाए । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको काठमाण्डु १९ ओभर ३ बलमा ११५ रनमा अलआउट भएको थियो ।