शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
अर्थतन्त्र सेयर बजार

नेप्से परिसूचक ३१ दशमलव ५४ अङ्कले बढ्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ दिन अगाडि प्रकाशित
नेप्से परिसूचक ३१ दशमलव ५४ अङ्कले बढ्यो
काठमाडौं, कात्तिक १२ :

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक  ३१ दशमलव ५४ अङ्कले बढेर दुई हजार ६९५ दशमलव ६० मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक  छ दशमलव ४१ अङ्कले बढेर ४८८ दशमलव २१ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक दुई दशमलव २७ अङ्कले बढेर १८७ दशमलव ०१ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव २५ अङ्कले बढेर १६५  दशमलव ३४ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका दुई करोड ३२ लाख ५८ हजार नौ कित्ता शेयर रु आठ अर्ब ५७ करोड ९८ हजार  ८२३ मूल्यमा खरिद बिक्री भएको छ । तेह्रवटै उपसमूह बढेका छन् । आज १८१ कम्पनीको शेयर बढ्यो भने  ९१ कम्पनीको शेयर घट्यो । त्यसैगरी छ कम्पनीको शेयर स्थिर रह्यो । नेप्सेका अनुसार बेनी हाइड्रोपावर, सोपान फार्मास्युटिकल्स, नेपाल रिइन्सुरेन्स कम्पनीलगायतका लगानीकर्ताले कमाएका छन् ।

त्यसैगरी, नेपाल इन्फास्ट्रचर एण्ड डेभलपमेन्ट, चिर्खवा हाइड्रोपावर र सनराइज व्लुचिपलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार