आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र

सुनको मूल्य तोलामा ११ हजार ७०० ले घट्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १६ मिनेट अगाडि प्रकाशित
सुनको मूल्य तोलामा ११ हजार ७०० ले घट्यो
काठमाडौं, कात्तिक ८ :

स्थानीय बजारमा आज सुनको मूल्य रु ११ हजार ७०० र चाँदीको मूल्य रु २३० ले  घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ७८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९५५ कायम भएको छ । 

गत कात्तिक २ गते छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार १८५ कायम भएकोे थियो । दसैँ पर्वको कारणले करिब एक साता स्थानीय बजारमा सुनचाँदीको मूल्य निर्धारण गरिएको थिएन । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार