आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश गण्डकी प्रदेश

बुढीगण्डकी बाढीले क्षतिग्रस्त सडकमा अस्थायी डाइभर्सन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २३ मिनेट अगाडि प्रकाशित
बुढीगण्डकी बाढीले क्षतिग्रस्त सडकमा अस्थायी डाइभर्सन
गोरखा, कात्तिक ८ :

बुढीगण्डकी बाढीले क्षतिग्रस्त बनाएको बेनिघाट–आरुघाट–लार्के सडकअन्तर्गत खोर्लाबेंसी–लुस्याङ खण्डमा अस्थायी डाइभर्सन गरेर सडक सञ्चालन गरिएको छ । ९ दिन लगाएर अस्थायी डाइभर्सन निर्माण गरेको हो । खोर्लाबेँसीको सडक खुलेपछि दोभानसम्मको सडक सुचारु गर्ने काम सुरु गरिएको गोरखा सडक योजनाका प्रमुख विनोद पुनले बताए ।

सोती र खोर्लाबेंसीको सडक खुलेपछि सडक कार्यालयले तातोपानीदेखि दोभान खण्डको सडक खोल्ने काम गरिरहेको छ । बुढीगण्डकीले लार्के सडकको खोर्लाबेँसीबाट सल्लेरीसम्मका दर्जन बढी ठाउँमा कटान तथा पहिरोले सडक अवरुद्ध छ । सल्लेरीतर्फबाट पनि नेपाली सेनाको सडक निर्माण कार्यदलले सडक खोल्ने काम गरिरहेको छ ।

बुढीगण्डकी बाढीले क्षति पुर्‍याएको आरुघाट गाउँपालिका–३ स्थित छेपारे भिरदेखि सोतीसम्मको सडक भने असोज अन्तिम साता नै खुलाइएको थियो ।सडक नहुँदा बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन पनि हेलिकप्टरकै भर पर्नुपर्ने बाध्यता थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार