सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा #मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति#एनपीएलको तयारी पूरा
समाचार

आश्विन शुक्ल पूर्णिमा : नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने आज अन्तिम दिन

सक्रिय न्युज · १ दिन अगाडि प्रकाशित
आश्विन शुक्ल पूर्णिमा :  नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने आज अन्तिम दिन
काठमाडौं, कात्तिक ८ :

आश्विन शुक्ल चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले  नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने अन्तिम दिन भएकाले सडकमा टीका थाप्न हिँड्नेको चहलपहल देखिन्छ ।

विजयादशमीका दिन कात्तिक ४ गते दश दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिन अर्थात् आज सम्म जारी रहने भएकाले सडकमा धेरै मानिसको चहलपहल देखिएको हो । नवदुर्गाको प्रसाद ग्रहण गर्ने आज अन्तिम दिन हा ।

पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सह प्रा डा पुरुषोत्तम भट्टराई भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा नरहेको बताउनुहुन्छ । केही दिन सुनसान रहेको राजधानी शहरमा शनिबार बिहानदेखि भने केही चहलपहल बढ्न थालेको देखिन्छ ।

मानिसको चहलपहल बढेको देखिए पनि सवारी कम हुँदा यात्रा सहज हुन सकेको छैन । सार्वजनिक यातायातमा कोचाकोच गरेर टीका थाप्न र आशीर्वाद लिन हिँड्नेको चहलपहल भने बजारमा हिजोका दिनभन्दा आज बढी छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार