मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार

बबरमहलको आकाशे पुल यसै हप्तादेखि सञ्चालनमा आउने

सक्रिय न्युज · १ दिन अगाडि प्रकाशित
बबरमहलको आकाशे पुल यसै हप्तादेखि सञ्चालनमा आउने
काठमाडौं, कात्तिक ९ :

काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने भएको छ ।

सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई मध्यनजर गर्दै आकाशे पुल निर्माण गरिएको हो ।

पुल निर्माण भएसँगै पैदलयात्रुले सुरक्षित रूपमा सडक पार गर्न सजिलो हुनुका साथै सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ

सडक डिभिजन कार्यालय, काठमाडौँका अनुसार पुल निर्माणको भौतिक प्रगति अन्तिम चरणमा पुगेकाले केही दिनभित्रै सर्वसाधारणका लागि खुला गर्ने तयारी भइरहेको बताइन्छ ।विसं २०८२ फागुन २१ गते निर्माण सम्झौता भई पुल निर्माण सुरु भएको थियो । पुल यसै हप्ता भित्रै पैदलयात्रुका लागि सञ्चालनमा ल्याउने तयारी गरिएको सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख सुबोध देवकोटाले बताए ।

उक्त पुल निर्माणका लागि रु दुई करोड ५२ लाख ४५ हजार ९५३ लागत निर्धारण गरिएको थियो । पुल निर्माणको जिम्मेवारी हेटौँडास्थित हाइटेक इन्जिनियरिङ वक्र्स प्रालिले पाएको सडक डिभिजन कार्यालय काठमाडौँले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार