मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार

सुनकोशीमा बेपत्ता तीनमध्ये दुई जनाको शव फेला

सुमो यही कात्तिक–१ गते राति सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खसेको थियो ।
सक्रिय न्युज · ३१ मिनेट अगाडि प्रकाशित
सुनकोशीमा बेपत्ता तीनमध्ये दुई जनाको शव फेला
खोटाङ, कात्तिक १० :

काठमाडौँबाट यात्रु लिएर खोटाङ आउँदै गरेको सुमो दुर्घटनामा बेपत्ता भएका तीनमध्ये दुई जनाको शव फेला परेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ३० वर्षीय हरि पुर्कुटी र सोही ठाउँकी २२ वर्षीया अप्सरा राईको शव फरकफरक स्थानमा फेला परेको हो ।

सुनकोशीमा सुमोसँगै डुबेर बेपत्ता बनेका पुर्कुटी र राईको सनाखतपछि परिवारले शव घरतर्फ ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिएका छन् ।

पुर्कुटीको शव आइतबार उदयपुरको कटारी नगरपालिका–१४ लेखानीस्थित सुनकोशी नदी र राईको शव  सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्रस्थित सप्तकोशी नदीमा फेला परेको हो ।

मृतकका परिवारले दुवै जनाको शव जिल्ला अस्पताल खोटाङमा ल्याएर परीक्षण गर्ने तयारी गरेका छन् । काठमाडौँबाट चालकसहित १० जना यात्रु लिएर खोटाङ आउँदै गरेको को १ ज २९७६ नम्बरको सुमो यही कात्तिक–१ गते राति सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खसेको थियो ।

सडकबाट करिब २०० मिटर तल सुनकोशीमा खसेर दुर्घटना हुँदा पुर्कुटी, राई र लफ्याङकै २६ वर्षीय रोशनकुमार मग्राती बेपत्ता भएका थिए । उनीहरूसँगै बेपत्ता बनेका मग्रातीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दसैँ मनाउन घर आएका यात्रु बोकेको सुमो दुर्घटनामा चालकसहित चार जना घाइते भएका थिए । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार