सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
खेलकुद क्रिकेट

एनपीएल तेस्रो संस्करण : लुम्बिनी लायन्सको विजयी सुरुआत

सुदूरपश्चिम ७ विकेटले पराजित
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १६ मिनेट अगाडि प्रकाशित
एनपीएल तेस्रो संस्करण : लुम्बिनी लायन्सको विजयी सुरुआत
काठमाडौं, कात्तिक ९ :

साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विजयी सुरुआत गरेको छ। त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। सुदूरपश्चिम रोयल्समाथि ७ विकेटको जित हात पारेको हो। 

लुम्बिनीको जितमा डार्सी सर्टले १८ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए। आसिफ शेखले ३२ रनको योगदान दिए। बलिङमा सुदूरपश्चिमका अनिल खरेलले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमा समेटिएको थियो। उसका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ र अनिल खरेलले अविजित १७ रन बनाए। लुम्बिनीका किशोर महतोले ४ तथा शेर मल्लले ३ विकेट लिए।

खेलमा नेपालमै पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिएको थियो। लुम्बिनीका कप्तान रोहित पौडेलले दोस्रो ओभरमा लिएको रिभ्यू भने सफल हुन सकेन।

एनपीएलअन्तर्गत मंगलबार विराटनगर किंग्स र चितवन राइनोज दिउँसो १२:३० बजे तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स साँझ ५ बजे खेल्नेछन् ।

सम्बन्धित समाचार

सुदूरपश्चिम रोयल्सको खराब सुरुवात, ८७ रनमै अल आउट
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार