बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#संसदीय विशेष समिति#सभापति गणेश पराजुली#डा. चन्द्रबहादुर अधिकारी#दोषी ठहर#नेपाल बैंक लिमिटेड#नवनियुक्त राजदूतहरू#ओहोदाको प्रमाणपत्र#कबड्डी टोली#स्वदेश फिर्ता#सामाजिक सञ्जाल#त्रिपुरेश्वर घटना#भोटेकोशी बाढी#पोषण#भोटेकोशी-त्रिशूली बाढी#प्रकाशचन्द्र परियार#दोधारा-चाँदनी झोलुङ्गे पुल #संसदीय विशेष समिति#सभापति गणेश पराजुली#डा. चन्द्रबहादुर अधिकारी#दोषी ठहर#नेपाल बैंक लिमिटेड#नवनियुक्त राजदूतहरू#ओहोदाको प्रमाणपत्र#कबड्डी टोली#स्वदेश फिर्ता#सामाजिक सञ्जाल#त्रिपुरेश्वर घटना#भोटेकोशी बाढी#पोषण#भोटेकोशी-त्रिशूली बाढी#प्रकाशचन्द्र परियार#दोधारा-चाँदनी झोलुङ्गे पुल
खेलकुद

कास्य पदक विजेता नेपाली महिला कबड्डी टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ५८ मिनेट अगाडि प्रकाशित
कास्य पदक विजेता नेपाली महिला कबड्डी टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत
काठमाडौं, असोज १४ :

२० औं एसियाली खेलकुदमा कास्य पदक विजेता नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ । बुधबार दिउँसो स्वदेश फर्किएको नेपाली महिला कबड्डी टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । सेमिफाइनल खेलमा भारतसँग ४८–२४ अङ्कले पराजित भएपछि नेपालले कास्य पदक प्राप्त गरेको थियो ।

स्वदेश फर्किएपछि नेपाली महिला कबड्डी टोलीकी कप्तान मानमती विष्टले मुख्य सपना फाइनल खेल्ने भए पनि सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा परेकाले निकै चुनौतीपूर्ण भएको बताइन् ।

एसियालीस्तरको ठूलो मञ्चमा आफ्नो पदकलाई कायमै राख्न सफल हुनु ठूलो उपलब्धि रहेको उनले बताइन् । उनले रणनीति सोचेजस्तो पूर्ण रूपमा सफल हुन नसके पनि प्राप्त कास्य पदकमै टोली सन्तुष्ट र खुसी रहेको उल्लेख गरिन् ।

आफ्नै कभर्ड हल र कबड्डी ग्राउन्ड नहुने समस्या पहिलेदेखि रहे पनि प्रतियोगिता सुरु हुनुभन्दा ६ महिनाअघिदेखि खेलाडीहरूले ती अभावलाई बिर्सिएर केवल खेल, पदक र देशको झण्डा फर्फराउने कुरामा मात्र ध्यान केन्द्रित गरेको उनले बताइन् ।  

नेपालले समूह चरणको खेलमा थाइल्यान्डलाई हराएको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो । त्यसपछि अन्तिम खेलमा श्रीलङ्कालाई हराएर नेपाल सेमिफाइनलमा पुगेको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार