सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा#चलचित्र विकास बोर्ड#अध्यक्ष मनिष पण्डित#पूर्वअध्यक्ष कुल आचार्य#डीएनए परीक्षण कीट#प्रशासनमन्त्री प्रतिभा रावल#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित #दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा#चलचित्र विकास बोर्ड#अध्यक्ष मनिष पण्डित#पूर्वअध्यक्ष कुल आचार्य#डीएनए परीक्षण कीट#प्रशासनमन्त्री प्रतिभा रावल#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित
समाचार

देशभर २३ वटा विपद्का घटना : ६ जनाको मृत्यु, तीन बेपत्ता, १० घाइते

सम्भावित जोखिम देखिएमा तत्काल सम्बन्धित निकायलाई खबर गर्न प्राधिकरणको अनुरोध
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ३२ मिनेट अगाडि प्रकाशित
देशभर २३ वटा विपद्का घटना : ६ जनाको मृत्यु, तीन बेपत्ता, १० घाइते
काठमाडौं, कात्तिक ९ :

देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी छ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता हुनुका साथै दस जना घाइते भएका छन् ।

विपद्का कारण करिब रु २९ लाख चार हजार बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार कात्तिक ८ गते बिहान १० बजेदेखि आज कात्तिक ९ गतेसम्म देशका विभिन्न स्थानमा आगलागी, सर्पदंश, लेक लाग्ने तथा डुङ्गा दुर्घटनालगायतका विपद्का घटना भएका हुन् ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उक्त अवधिमा सबैभन्दा बढी आगलागीका ११ वटा घटना भएका छन् । त्यसैगरी सर्पदंशका नौ, लेक लागेका दुई र डुङ्गा दुर्घटनाको एक गरी कूल २३ वटा विपद्का घटना भएका छन् । उनका अनुसार सर्पदंशका घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । त्यसैगरी उच्च हिमाली तथा पहाडी क्षेत्रमा लेक लाग्दा एक जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् ।

यसैगरी डुङ्गा दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् भने नौ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा भएका विपद्का घटनाले मानवीय क्षतिसँगै विभिन्न स्थानमा भौतिक सम्पत्तिमा समेत क्षति पुर्‍याएको छ ।

विपद्का घटनामा परी घाइते भएकाको सम्बन्धित जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घटनाबाट भएको क्षतिको थप विवरण सङ्कलन गर्ने तथा प्रभावित क्षेत्रमा आवश्यक समन्वय र व्यवस्थापनको काम भइरहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले विपद्का घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायबीच समन्वय भइरहेको जनाएको छ ।  मौसममा भइरहेको परिवर्तनसँगै विभिन्न प्रकृतिका विपद्को जोखिम कायमै रहेकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ ।

विशेषगरी सर्पदंश, आगलागी, उच्च हिमाली क्षेत्रमा लेक लाग्ने तथा नदी र तालमा डुङ्गा यात्रा गर्दा हुनसक्ने दुर्घटनाप्रति सचेत रहन आग्रह गरिएको छ । विपद्को जोखिम रहेका क्षेत्रमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन, मौसम तथा स्थानीय अवस्थाबारे जानकारी लिन र सम्भावित जोखिम देखिएमा तत्काल सम्बन्धित निकायलाई खबर गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

समयमै पूर्वतयारी, जनचेतना तथा सुरक्षा सावधानी अपनाउन सके विपद्बाट हुने सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सकिने प्राधिकरणको भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार