सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण #लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण
समाचार

लुम्बिनी विकास कोषमा आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २० मिनेट अगाडि प्रकाशित
लुम्बिनी विकास कोषमा आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन
काठमाडौं, कात्तिक ९ :

लुम्बिनी विकास कोषको उपाध्यक्षमा भएको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ । कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्ति खारेज गर्नुपर्ने माग राख्दै लुम्बिनी विकास कोष तथा गुम्बा विकास समिति बचाउ संयुक्त संघर्ष समिति, तामाङ नागरिक समाज , गुम्बा विहार संरक्षण संघ र राष्ट्रिय जेनजी नागरिक अभियानले सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले लुम्बिनी क्षेत्रका समुदाय र समुदायगत नेतृत्व अवसर पाएका नेपालका तामाङ समुदायबाट उपाध्यक्ष चयन हुनुपर्ने माग राखेका छन् ।

साथै उनीहरुले उपाध्यक्षमा नियुक्त भएका आनी छोइङ डोल्माको विषयमा विवाद रहेको, उनको नियुक्तिले तामाङ समुदायको भावनामा ठेस पुगेको र उनको नागरिकताबारे छानबिन हुनुपर्ने जनाएका छन् ।

प्रदर्शनकारीहरुले लुम्बिनीको जिम्मेवारीमा पारदर्शीता कायम गर, पैसा र पावरको भरमा बुद्धभूमि शरणार्थीसँग सम्झौता नगरियोस, बुद्धभूमिको गरिमा कायम गर लगाएत देखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने निर्णय गरेको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार