काठमाडौं, कात्तिक ८ :
आश्विन शुक्ल चतुर्दशी र पूर्णिमाका दिन आइतबार काठमाडौं उपत्यकामा निकै चहलपहल देखिएको छ । नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने अन्तिम दिन भएकाले सडकमा टीका थाप्न हिँड्नेको चहलपहल देखिएको हो ।
विजयादशमीका दिन कात्तिक ४ गते १० दिनसम्म पूजाआराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।
कोजाग्रत पूर्णिमापछि दशै समापन हुन्छ । त्यस्तै दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका कारण पनि उपत्यकामा निकै चहलपहल बढेको हो ।