बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल#जलवायु परिवर्तनका असर#विपद् जोखिम#न्यूनीकरणबारे संवाद#आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने #विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल#जलवायु परिवर्तनका असर#विपद् जोखिम#न्यूनीकरणबारे संवाद#आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने
राजनीति

कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राख्नुपर्छ : विश्वप्रकाश शर्मा

बलियो कांग्रेस बनाएर समुन्नत नेपालको यात्रामा जान सबैको समान जिम्मेवारी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ५७ मिनेट अगाडि प्रकाशित
कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राख्नुपर्छ : विश्वप्रकाश शर्मा
ललितपुर, कात्तिक १२ :

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढ्न आग्रह गरेका छन् । 

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै शर्माले कांग्रेस केन्द्रीय कार्यसमितिको शपथ लिइरहँदा कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राख्नुपर्ने बताएका हुन्।

उनले आधुनिक, बदलिएको र बलियो कांग्रेस बनाएर समुन्नत नेपालको यात्रामा जान सबैको समान जिम्मेवारी रहेको उल्लेख गरे । संस्थागत, स्वाभिमानपूर्वक र सभापतिले बनाउने कार्ययोजना बमोजिम तोकिएको भूगोल र जिम्मेवारीमा रहेर काम सम्पादन गरी समयमै केन्द्रीय कार्यालयमा रिपोर्ट बुझाउनुपर्ने उनले बताए ।

त्यस्तै उनले आफूमाथि उठ्ने आलोचना र प्रश्नहरूलाई सकारात्मक रूपमा ग्रहण गर्दै गलत कुराको खण्डन स्वस्थ र विधिवत प्रक्रियाबाट गर्नुपर्नेमा जोड दिए ।

वरिष्ठ उपसभापति शर्माले परिवर्तनको गम्भीर समस्यासँग जुध्नका लागि नव–निर्वाचित केन्द्रीय कार्यसमितिले सरकारसँग राम्रो ढङ्गले सहकार्य गर्ने प्रतिबद्धता जनाए । उनले सभापति गगन थापाको नेतृत्वमा संस्थागत, व्यवस्थित तथा प्रभावकारी टिम स्पिरिटका साथ अघि बढ्ने उल्लेख गरे। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार