बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो #यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो
खेलकुद क्रिकेट

विराटनगरद्वारा कर्णालीलाई १८७ रनको लक्ष्य

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ५२ मिनेट अगाडि प्रकाशित
विराटनगरद्वारा कर्णालीलाई १८७ रनको लक्ष्य
काठमाडौं, कात्तिक १२ :

नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आज भएको खेलमा  विराटनगर किङ्ग्सले कर्णाली याक्सलाई जितका लागि एक सय ८७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको कर्णालीविरुद्ध विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ८६ रनको योगफल बनाएको हो ।

विराटनगरका लागि लोकश बमले सर्वाधिक ८७ रनको योगदान दिए । उनले ५२ बल खेल्दै ३ चौका र ९ छक्का प्रहार गरे । उनको आक्रामक ब्याटिङले विराटनगरलाई बलियो योगफलसम्म पु¥याउन सम्भव भएको हो ।

यसैगरी आन्द्रे रसेलले १५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै २७ रन जोडे भने एन्जेलो म्याथ्युजले २३ बलमा  चार ४ चौकाको मद्दतमा ३१ रन बनाए । बसिर अहमदले ७ बल खेल्दै १३ रन तथा शेहान जयसूर्याले ११ रनको योगदान दिए ।

बलिङतर्फ कर्णाली याक्सका कप्तान सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । मार्क वाट र नन्दन यादवले एक एक विकेट लिए । अहिले कर्णाली याक्सले जवाफी ब्याटिङ गरिरहेको छ । उसले तीन ओभरमा एक विकेट गुमाएर ३३ रन बनाएको छ ।   

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार