आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
प्रदेश लुम्बिनी प्रदेश स्वास्थ्य

निःशुल्क स्वास्थ्य शिविरबाट पाल्पाका सात सय मुटु तथा मिर्गौलाका बिरामीले सेवा लिए

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ चैत, २०८१ मा प्रकाशित
निःशुल्क स्वास्थ्य शिविरबाट पाल्पाका सात सय मुटु तथा मिर्गौलाका बिरामीले सेवा लिए
पाल्पा, चैत १७ :

रामपुर नगरपालिकामा शनिबार सञ्चालन भएको निःस्वास्थ्य शिविरमा मुटु र मिर्गौला रोगका सात सय बिरामी लाभान्वित भएका छन् । 

रोटरी क्लब अफ रामपुर र रोट्रर्‍याक्ट क्लब सेन्ट्रलको आयोजना तथा रामपुर नगरपालिकाको संयोजनमा भएको बृहत् शिविरमा मुटु तथा मिर्गौला रोग विशेषज्ञबाट बिरामीको स्वास्थ्य जाँच भएको थियो । 

गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर विशाल केसीसहितको ६५ जना स्वास्थ्यकर्मीको टोलीले मुटु, मिर्गौला जाँच गरी बिरामीलाई निःशुल्क औषधि गरेको थियो । शिविरमा मधुमेह, रक्तचापलगायत अन्य रोगको पनि परीक्षण भएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार