सिरहास्थित बाबातालको महत्त्व, संरक्षण तथा पर्यटन प्रवर्द्धनमा पुर्याएको योगदानबारे चर्चा गरिएको छ।
कोजाग्रत पूर्णिमाको अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. रामप्रसाद दाहालले समाजसेवी स्वर्गीय परशुराम दाहालको परिकल्पनाले आज सार्थकता पाएको चर्चा गर्दै बाबाताललाई भावी पुस्ताले समेत गर्व र गौरवको केन्द्रका रूपमा लिन सक्ने गरी संरक्षण र विकास गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरे।
कर्जन्हा नगरपालिकाकी उपप्रमुख लक्ष्मी श्रेष्ठले नगरपालिकाका गतिविधिबारे चर्चा गर्दै बाबातालको संरक्षण तथा विकासका लागि नगरपालिकाले आफ्नो क्षमताअनुसार सहयोग गर्दै आएको बताइन्।
त्यस्तै, संविधानविद् काशीराज दाहालले बाबाताललाई नेपालकै रमणीय तालका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। उनले तालको प्राकृतिक सौन्दर्य कायम राख्न रुखबिरुवा तथा हरियालीको संरक्षणमा सबै नगरवासीले ध्यान दिनुपर्ने बताए।
यसैगरी, बाबाताल चुरे संरक्षण समितिका कार्यवाहक अध्यक्ष किरण काफ्ले, सचिव भोला दाहाल र कोषाध्यक्ष सावित्रा पोख्रेलले तालको वर्तमान अवस्था तथा संरक्षणका विषयमा जानकारी गराएका थिए।
कार्यक्रममा बाबाताल प्रकृति कला साहित्य प्रतिष्ठानका अध्यक्ष गणेश अधिकारी, सिरहा वन इकाइका प्रमुख, विभिन्न राजनीतिक दलका जनप्रतिनिधि, रास्वपाका पर्यटन प्रवर्द्धन प्रदेश सचिव पवन मल्लिक,विभिन्न सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधि रामहरि शर्मालगायतले बाबातालको संरक्षण, विकास र पर्यटन प्रवर्द्धनका विषयमा आ-आफ्ना धारणा राखेका थिए।
कर्जन्हा नगरपालिका–२ का वडाध्यक्ष जगन्नाथ यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानसमेत गरिएको थियो।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
पछिल्लो २४ घण्टामा १३ विपद्का घटना, एकको मृत्यु, आठ जना घाइते
मन्थलीमा आठ विद्यालयका १०२ छात्रालाई छात्रवृत्ति,दुई शिक्षक सम्मानित
एनपीएलको पुरस्कार राशिमा वृद्धि : विजेताले डेढ करोड र उपविजेताले ८० लाख प्राप्त गर्ने