
तस्बिर : दिनेश भण्डारी/प्रधानमन्त्रीको सचिवालय
प्रधानमन्त्री केपी ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् सिनावात्राबीच दुईपक्षीय भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओली र शिनावात्राबीच बुधबार भएको भेटवार्तामा दुई देशबीचको आपसी हित र चासोका बारेमा छलफल भएको जनाइएको छ । आज भएको भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।
दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा दुई मुलुककाबीच आज बैंककको सरकारी भवनमा विभिन्न सम्झौता र सहमतिपत्रमा समेत हस्ताक्षर तथा आदानप्रदान भएको छ ।
यस्तै दुईपक्षीय भेटवार्ता र सम्झौतापछि प्रधानमन्त्री ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् सिनावात्राबाट संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन भएको छ ।
प्रधानन्त्री ओलीले आजै थाई नरेश महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली २३ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै हिजो (मंगलबार) बैंकक गएका हुन् ।
यो पनि…
नेपाल र थाइल्यान्डका प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न सम्झौता पत्रमा हस्ताक्षर
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री शिनावात्राबीच भेटवार्ता