मंगलबार, १७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विराटनगर किङ्स#दुई कैदी पक्राउ#माधवकुमार नेपाल#मिनेन्द्र रिजाल#भ्रष्टाचार मुद्दा दायर#न्यायाधीश हरिप्रसाद फुयाँ#चौथो तिहार फ्लोरा एक्स्पो#सुनको मूल्य#चाँदीको घट्यो#मन्त्रिपरिषद् बैठक#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा #विराटनगर किङ्स#दुई कैदी पक्राउ#माधवकुमार नेपाल#मिनेन्द्र रिजाल#भ्रष्टाचार मुद्दा दायर#न्यायाधीश हरिप्रसाद फुयाँ#चौथो तिहार फ्लोरा एक्स्पो#सुनको मूल्य#चाँदीको घट्यो#मन्त्रिपरिषद् बैठक#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा
राजनीति

प्रधानमन्त्री ओलीसँग थाइल्यान्डका व्यावसायीहरूको भेटवार्ता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २१ चैत, २०८१ मा प्रकाशित
प्रधानमन्त्री ओलीसँग थाइल्यान्डका व्यावसायीहरूको भेटवार्ता
काठमाडौं, चैत २१ :

थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बैङ्ककमा थाइल्यान्डका वरिष्ठ व्यावसायीहरूको भेटवार्ता भएको छ ।

भेटका अवसरमा नेपाली व्यवसायी प्रतिनिधिमण्डलका सदस्यहरू पनि सहभागी थिए । प्रधानमन्त्री ओली भोलि चैत २२ गते बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुने छन् । शिखर सम्मेलनका क्रममा सदस्य मुलुकका समकक्षी एवं राष्ट्रप्रमुखहरूसँग भेटवार्ता हुनेछ । 

थाइल्यान्डका प्रधानमन्त्री पेथोङ् थान् शिनावात्को मैत्रीपूर्ण निमन्त्रणामा २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । बुधबार प्रधानमन्त्री ओली र उनका थाई समकक्षीबीच नेपाल-थाइल्यान्ड सम्बन्धका विविधि विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीका साथमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक एवं विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी छन् । प्रधानमन्त्री ओली यही चैत २३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार