काठमाडौं, असोज २० :
काठमाडौँ उपत्यकाको कुपण्डोललगायत केही स्थानमा आज दिउँसो हावाहुरीसहित असिनापानी परेको छ।
अचानक परेको असिनासहितको वर्षाका कारण पैदलयात्री तथा सवारीसाधन सञ्चालनमा समेत केहीबेर असहजता भएको थियो। सडकमा हिँडिरहेका पैदलयात्रीहरूलाई ओत लाग्न पनि भ्याइनभ्याई भएको थियो ।
पानीले गर्दा सडकमा सवारीसाधन चलाउन पनि अप्ठयारो भएको थियो। अहिले पनि काठमाडौँ उपत्यकाका केही स्थानमा घामपानी भइरहेको छ।