शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार बागमती प्रदेश अर्थतन्त्र

बागमती प्रदेशमा राजस्व सङ्कलन घट्यो

· मंगलबार, १२ भदौ, २०८१ मा प्रकाशित
काठमाडौँ, भदौ १२ :

बागमती प्रदेशमा आर्थिक वर्ष २०८०- ८१ मा लक्ष्यभन्दा नौ अर्ब कम राजस्व सङ्कलन भएको छ ।

बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८०- ८१ मा लक्ष्यभन्दा नौ अर्ब तीन करोड ३१ लाख २७ कम राजस्व सङ्कलन भएको हो । 

प्रदेश सरकारले आव २०८०- ८१ मा राजस्व बाँडफाँड शिर्षकबाट प्राप्त राजस्व, प्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्व र सङ्घीय सरकारबाट प्राप्त अनुदान समेतबाट ४८ अर्ब २५ करोड ४३ लाख ७५ हजार राजस्व सङ्कलन हुने अनुमान गरिएकोमा तीन सबै शीर्षकबाट ३९ अर्ब २२ करोड १२ लाख ४७ हजार मात्र राजस्व सङ्कलन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिनुभयो । 

गत आर्थिक वर्ष २०७९- ८० मा पनि बागमती प्रदेश सरकारले अनुमान गरेको भन्दा १७ प्रतिशत कम राजस्व सङ्कलन भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार