शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
खेलकुद भलिबल

मुख्यमन्त्री कप : बागमतीलाई हराउँदै गण्डकी फाइनलमा प्रवेश 

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २७ चैत, २०८१ मा प्रकाशित
मुख्यमन्त्री कप : बागमतीलाई हराउँदै गण्डकी फाइनलमा प्रवेश 
भोजपुर, चैत २७ :

भोजपुर नगरपालिका- ७ कोदार रङ्गशालामा जारी मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ३- ० सेटले हराउँदै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको छ ।

खेलको पहिलो, दोस्रो र तेस्रो सेट लगातार २५- २१, २५- १९ र २५- १५ अङ्कको फरकमा गण्डकी प्रदेशले बागमतीलाई पराजित गरेको हो । आजै हुने दोस्रो सेमिफाइनल खेल सुदूरपश्चिम र कोशी प्रदेशका बीचमा हुने आयोजक जिल्ला भलिबल सङ्घले जनाएको छ । 

बिहीबारसम्म सञ्चालन हुने प्रतियोगिताका लागि कोशी प्रदेश सरकार अन्तर्गत प्रदेश खेलकुद विकास बोर्डले २० लाख सहयोग गरेको छ । प्रतियोगितामा मधेस र कर्णालीबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेलाडीको सहभागिता छ ।

प्रतियोगितामा प्रथम हुनेले तीन लाख, दोस्रोले एक लाख ७५ हजार, तेस्रोले ८० हजार र चौथो हुने टोलीले ४० हजार पुरस्कार प्राप्त गर्ने आयोजक जिल्ला भलिबल सङ्घका अध्यक्ष विन्द्रकुमार तामाङले जानकारी दिए । उनका अनुसार पाँच विधामा विधागत रूपमा उत्कृष्ट खेलाडीलाई नगद १० हजारका दरले पुरस्कार प्रदान गरिने छ । 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार