काठमाडौं, चैत २८ :

पियोर इनर्जी लिमिटेडको आईपीओमा आज (बिहीबार) बाट आवेदन दिन सकिन्छ ।

सर्वसाधारणका लागि कम्पनीले ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १६ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । जसमध्ये १ लाख ६० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र १ लाख ४४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकिएको छ ।

पहिलो चरणको आईपीओ बाँडफाँटपछि बाँकी रहेको १२ लाख ९६ हजार कित्तामध्ये ७२ हजार कित्ता सामूहिक लगानी कोषका लागि र २८ हजार ८०० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ । यसरी अब बाँकी ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरिएको हो । इच्छुक लगानीकर्ताले घटीमा १० र बढीमा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।