तस्बिर : रासस
नवलपुर, चैत २८ :
वर्षाका कारण नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक अवरुद्ध भएको छ। धुलोमैलो बाटोमा बिहीबार बिहानदेखि परेको हल्का वर्षाले सडक हिलो र चिप्लो भइ यातायात ठप्प भएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहान ९ बजेदेखि दाउन्ने खण्डमा सवारी आवागमन रोकिएको छ। त्यस क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। तर, गाडी चल्न दिने समयमा पनि अवरुद्ध भएपछि यात्रुहरू थप सास्तीमा परेका छन्।
अवरुद्ध सडक खोल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालले जानकारी दिए। उनका अनुसार सडकको चिप्लोपन कम गर्न र सवारी सञ्चालन सामान्य बनाउन सुरक्षाकर्मी र सम्बन्धित निकायले प्रयास गरिरहेका छन्।